चालू आवको ६ महिना मै चार करोड राजस्व संकलन ।

प्रनिश थापा , चितवन , १३ माघ । चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्ष ०७५्०७६ को ६ महिनामा करिब साँढे चार करोड राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म चार करोड ४२ लाख २९ हजार ४६८ रुपैयाँ राजस्व संकलन गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रशासकीय अधिकृत प्रकाशचन्द्र पौडेलका अनुसार सबैभन्दा बढी घर जग्गा रजिष्ट्रेसनबाट राजस्व संकलन भएको छ । पुससम्म एक करोड ७० लाख रुपैयाँ घर जग्गा रजिष्ट्रेसनबाट राजस्व संकलन भएको उनले बताए । सो, शीर्षकमा दुई करोड आम्दानी गर्ने लक्ष्य छ । यो अवधिमा एकीकृत सम्पती कर ९७ लाख ५६ हजार संकलन भएको छ । यो वर्ष एक करोड ४० लाख एकीकृत सम्पती करबाट राजस्व संकलन गर्ने नगरपालिकाको लक्ष्य छ । व्यवसाय रजिष्ट्रेसनबाट ३८ लाख ९५ हजार, नक्सापास दस्तुरबाट २० लाख ७४ हजार, भूमिकर÷मालपोतबाट २२ लाख ५३ हजार, सिफारिस दस्तुरबाट १५ लाख ५१ हजार, घरबहाल कर १२ लाख ६० हजार, अन्य दस्तुर २६ लाख ५६ हजार रुपैयाँ संकलन भएको प्रशासकीय अधिकृत पौडेलले बताए । खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षमा सात करोड १९ लाख ९५ हजार रुपैयाँ आन्तरिक स्रोतबाट आम्दानी गर्ने लक्ष्य लिएको नगरपालिकाका मेयर लालमणि चौधरीले बताए । चालु आर्थिक वर्षको ६ महिनामै आधा भन्दा बढी राजस्व संकलन भइसकेकाले लक्ष्य पूरा हुने मेयर चौधरीले बताए ।