Breaking News

चलचित्र ‘रणवीर’को रोमान्टिक गीत मायामा सार्वजनिक


यस वर्षको प्रतिक्षित फिल्म मध्यको एक माघ १८ गतेबाट देशभरका सिनेमा हलहरुमा एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘रणवीर’को तेस्रो गीत ूमायामाू सार्वजनिक भएको छ । यस अघि सार्वजनिक गरिएको लोक फ्लेवरको गीत ‘तिरिमिरी तिरिमिरी र मान्न चाहन्नँले राम्रो चर्चा पाएपछि तेस्रो रोमान्टिक गीत मायामा सार्वजनिक गरिएको हो । गीतमा फिल्मका दुई कलाकार सुशील सिटौला र सुवेक्षा खड्का फिचर्ड छन् । पोखरा तथा आसपासका मनोरम दृश्यमा छायाँकन गरिएको गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ । गीतमा हर्कुलस र प्रविशा अधिकारीले स्वर दिएका छन् । गीतलाई गम्भीर विष्टले कोरियोग्राफ गरेका हुन् । प्राची फिल्मस् र डिआर फिल्मस्को ब्यानरमा गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी निर्मित लभ तथा एक्सन ड्रामा फिल्ममा सुशील सिटौला, शुभेच्छा खड्का, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट,रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र ‘रणवीर’ मा महेश पौडेलको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको सङ्गीत रहेको चलचित्रलाई साउथ इण्डियन चलचित्र टिममा समेत काम गरिसकेका गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् ।

sahid diwas