कांग्रेसको निष्कर्षः सरकार र सभामुख गैरजिम्मेवार

 

काठमाडौँ – नेपाली कांग्रेसले सरकार र सभामुख गैरजिम्मेवार ढंगले प्रस्तुत भएको निष्कर्ष निकालेको छ ।

पछिल्लो समय सरकारले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई विघटनको संघारमा पु¥याएको, डा। गोविन्द केसीको मागलाई बेवास्ता गरेको, निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधीलाई कारबाही नगरेको तथा प्रमुख प्रतिपक्ष दलको नेताको उपस्थितिबिना नै संवैधानिक परिषद्को बैठक राखी नियुक्तिका निर्णयहरु गरेकोप्रति कांग्रेसले तीव्र असन्तुष्टि जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा रामकृष्ण चौलागाईंले लेखेका छन् ।