डा. केसीको माग सम्बोधन हुनुपर्ने माग सहित चितवनमा प्रदर्शन

प्रनिश थापा, चितवन , १० माघ । अनशनररत डा. गोविन्द केसीले राख्नुभएको माग तत्काल सम्बोधन हुनुपर्ने माग राख्दै चितवनमा बुधबार साँझ तीन जना युवायुवतीहरुको प्रदर्शन भएको छ । भरतपुरको चौबीसकोठीमा भएको प्रदर्शनमा केसीसंँग गरिएको सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ । डा. केसीको इलाममा अनशन सुरु भएदेखि नै लगातार साँझ ३० मिनेट अनशन नतोडिएसम्म प्रदर्शन गर्दै आएको सहभागीहरुले बताएका छन् । ‘सोलिडारिटी फर डा. केसी’ चितवन नाम गरेको उक्त प्रदर्शनमा नागरिकको सहभागिता समेत घट्दै गएको छ ।