आजबाट एक महिना लामो श्रीस्वास्थानीको ब्रतबथा सूरु ।

चितवन ०७ माघ । आजबाट एक महिना लामो श्रीस्वास्थानीको ब्रतबथा सूरु भएको छ । बैदिक सनातन धर्मालम्बीहरुले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको पुजाआरधना गरेर यो ब्रत बस्ने र कथा सुन्ने गर्दछन । एक महिनासम्म स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ ।
बिहान माघ स्नान गरी मध्याह्नमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ र १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।
चढाइएका प्रसादमध्ये सबैबाट आठरआठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।
सय रोटी व्रतालु आफैंले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।
स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । चितवनका ब्रतालुहरुपनि नारायणी लगाएतका नदमिा स्नाान गरी यो ब्रत बस्न्े तयारी गरेका देखिन्छन् ।