Breaking News

त्रिशूलीमा ट्रक खस्यो : चालक बेपत्ता,सहचालक घाइते

चितवन,माघ ७/ चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ । गए राति ११ः२५ बजे ना ३ ख १८३ नं को ट्रक आफैँ अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् भने सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बेपत्ता चालकको खोजीकार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।

sahid diwas