चितवनको भरतपुरमा अलफ्रेसको सेन्टर : मार्सी चामलदेखि सिस्नोको चियासम्म

 

नारायणगढ । शुद्ध एवं ताजा उत्पादनका तरकारी, फलफुल तथा खाधन्न बिक्रीवितरण गर्ने उद्देश्यले चितवनको भरतपुरमा अल फ्रेस एग्रो प्रालिले आफ्नो सेवा प्रारम्भ गरेको छ । तरकारी, फलफुलदेखि दैनिक उपभोग्य वस्तुको उपलब्धतालाई ध्यानमा राखेर गाउँमा उत्पादन भएका वस्तु बिक्री गर्ने लक्ष्यसहित नयाँ व्यवसायको थालनी गरिएको प्रालिले शनिबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

स्वदेशी उत्पादनलाई विशेष प्राथमिकतामा राखेर बिक्री थालिएको सञ्चालक समिक तामाङले जानकारी दिए । उनका अनुसार नेपालको सबै भूभागमा उत्पादन हुने खाद्यान्न कोदो, मकै, गहुँ, जौ, मास, मस्याङ, कर्णाली क्षेत्रमा फल्ने मार्सी चामल, धरान भेडेटारमा उत्पादन हुने सिस्नोको चियालगायत ७० भन्दा बढी प्रकारका खाद्यान्न तथा दुग्धजन्य वस्तुको बिक्रीवितरण गरिने छ ।

तामाङसँगै सुवास सापकोटा र नारायण भट्टको संयुक्त लगानीमा प्रालि सञ्चालनमा ल्याइएको हो । करिब ५० लाख रूपैयाँको लगानीमा प्रालि सञ्चालन गरिएको उनले बताए । नेपालमा महँगो पैसा तिरेर पनि सडकपेटीमा अव्यवस्थित तरिकाले बिक्री गर्ने परिपाटीको अन्त्यको लागि व्यवस्थित तरिकाले नयाँ व्यवसाय सुरू गरिएको प्रालिले जनाएको छ ।

हाल भरतपुरको विशालचोक र दीपेन्द्रचोकबाट सेवा सुरू गरेको प्रालिले चितवनमा मात्रै १० स्थानबाट सेवा दिने लक्ष्य लिएको छ ।