सरकारको कूटनीतिक असफलताले लिपुलेक गुम्ने डर

 

काठमाडौं / सीमाङ्कन र सीमा व्यवस्थापनमा सरकार कूतनीतिक रुपमा असफल भएको सम्बद्ध क्षेत्रका बुद्धिजिवीले टिप्पणी गरेका छन् । कूटनीतिक असफलताले नै लिपुलेकमा भारत चीनले एकलौटी सम्झौता गरेको उनीहरुदले बताए ।

कुनै पूर्व जानकारी नदिई भारत र चीनले नेपाली भूभागबारे सम्झौता गर्दा पनि मौन बस्नु नेपालको कूटनीतिक असफलता रहेको उनीहरुको ठम्याई छ । पहिले भएको सम्झौतासमेत सरकार कार्यान्वयन नसकेको उनीहरुको आरोप छ ।

अन्तर्राष्ट्रिय कानुन विज्ञ वरिष्ठ अधिवक्ता डा। सूर्य ढुङ्गेलले राष्ट्रियता र अखण्डतामा सरकार हिचकिचाउनु कूटनीतिक असफलता भएको बताए । यो समाचार आजको अन्नपूर्णमा प्रकाशित छ ।