शान्ति ज्ञान महायज्ञबाट करिब ४० लाख रुपैयाँ संकलन ।


पुष २४ । भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडमा रहेको छेच्यु थर्पलिङ गुम्बामा आयोजना गरिएको प्रज्ञा पारमिता तथा ह्युम वाचन शान्ति ज्ञान महायज्ञबाट करिब ४० लाख रुपैयाँ संकलन भएको छ । गुम्बाको भवन निर्माण गर्ने उद्देश्यले पुष २० गतेदेखि आयोजना गरिएको महायज्ञको अन्तिम दिन आज मंगलबारसम्म ४० हजार रुपैयाँ संकलन भएको छर्पलिङ गुम्बा संघका अध्यक्ष पञ्चबहादुर तामाङले जानकारी दिए । महायज्ञको समापन टुल्कु (अवतारी) लामा गुरु लोसाङ नाम्ग्याल रिन्पोछेले गरेका थिए । अवतारी लामा गुरुले बुद्ध धर्मका अनुयायीहरुलाई आशिर्वचन दिँदै महायज्ञका समापन गरेका हुन् । सो महायज्ञका प्रमुख कथा वाचकको रुपमा डाक्टर गेसे रहेका थिए भने उनको प्रवचनलाई आचार्य थुप्तेनले नेपालीमा अनुवाद गरेर बुझाएका थिए । महायज्ञ अवधिभरी स्थानीय १३ जना लामा गुरुहरुले ह्युम वाचन गरेका थिए । भवन निर्माणका लागि अर्थ संकलन गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा बुद्ध धर्म र दर्शनका बारेमा लामा गुरुहरुले प्रवचन दिएका थिए । महायज्ञमा स्थानीय विभिन्न संघसंस्था सहित सबै जातजातिका व्यक्तिहरुले आर्थिक सहयोग गरेका अध्यक्ष तामाङले जानकारी दिए ।