चितवन महोत्सवमा बिशेष साँस्कृतीक तथा सांगितीक प्रस्तुती गरिने ।

                                                                                        फाईल फोटो :

 

  प्रमिता ढकाल/ चितवन/ पौंष २०
१२ औं चितवन महोत्सवमा सांस्कृतिक कार्यक्रमलाई विशेष बनाउन नारायणीकला मन्दिर नारायणगढले तयारीको गति बढाएको छ । कलामन्दिरमा नृत्य तथा गायनको रियाज गर्ने समुहको भिड बिहान देखि साँझ सम्म नै उत्तिकै देखिन थालेको छ । महोत्सवमा कलामन्दिरले २५ वटा नृत्य र १० आधुनिक गीत तथा ११ वटा लोक गीत पस्कने कलामन्दिरका अध्यक्ष अमर प्रधानले बताए । “चितवन महोत्सवको हरेक संस्करणमा सांस्कृतिक कार्यक्रमको व्यवस्थापनको जिम्मा सम्हाल्दै आएको नारायणीकला मन्दिर यस वर्षको संस्करणलाई विगत भन्दा पृथक बनाउने तयारी गरेको छ,” अध्यक्ष प्रधानले भने । यस पटक राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुतीसंगै विभिन्न प्रतियोगिताले समेत आकर्षण बढाउने भएकाछन् । महोत्सव अवधीमा लोक गीत प्रतियोगिता, पप गीत प्रतियोगिता, डान्सिङ स्टार—२०७५ र अन्तर विद्यालय नृत्य प्रतियोगिता आयोजना गरिने अध्यक्ष प्रधानले बताए । प्रतियोगिाताका लागि अडिसन चरण पार गरेर १० ÷१० जनालाई मात्र महोत्सवमा प्रस्तुत गरिने उनले बताए । महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्र्तगत आदिवासी जनजाती महासंघ चितवनले फेशन शो को संयोजन गर्दैछ । १७ विविध जनजातीको प्रतिनिधित्व रहने गरी फेशन शो गरिने कलामन्दिरका अध्यक्ष प्रधानले जानकारी दिए ।
हरेक मेला महोत्सवमा अवलोकनकर्ताको संख्या बढाउन सांस्कृतिक कार्यक्रमको भूमिका महत्वपूर्ण रहने भएकाले चितवन महोत्सवमा पनि विशेष स्थान दिइएको चितवन महोत्सव २०७५ का सांस्कृतिक कायत्र्तmम संयोजक रोहित श्रेष्ठले बताए । यस पटक चितवन महोत्सवमा पनि राष्ट्रिय कलाकारको लागि पहल भइरहेकोसांस्कृतिक कार्यक्रम संयोजक श्रेष्ठले बताए । यद्यपी महोत्सवको सिमित बजेट भित्र रहेर केन्द्रका कलाकारको माग अनुसार खर्च पु¥याउन कठिन भएको उनको भनाई छ ।
महोत्सव अन्र्तगत राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल चितवनले अन्तरजिल्ला लोक दोहोरी प्रतियोगिताको संयोजन गरेको छ । प्रतियोगितामा ७ जिल्लाको प्रतिनिधित्व रहने तय भएको राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल चितवनका संस्थापक अध्यक्ष शान्तकुमार पियाले जानकारी दिए । चितवनका दुई वटा समुह संगै धादिङ,गोर्खा,बाग्लुङ,स्याङजा, नवलपुर र नवलपरासीबाट प्रतियोसगि समुह आउने भएकाछन् ।यस पटक पुरस्कार राशी बढाइएकाले पनि सहभागिमा आकर्षण बढेको उनको भनाईछ । लोक दोहोरी प्रतियोगिताका विजेतालाई प्रथम पुरस्कार ४५ हजार, द्धितिय पुरस्कार ३५ हजार ,तृतिय पुरस्कार २५ हजार र सान्तवना पुरस्कार १२ हजार ५ सय बनाइएको छ । पुरस्कार राशी बाहेक सबै सहभागिका लागि दैनिक भत्ताको समेत व्यवस्था गरिएको छ । प्रतियोगिहरुलाई राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर विरही गुरुङ, विजय कुमार गुरुङ, हरिप्रसाद न्यौपाने र कृष्ण प्रसाद भट्टराईको निर्णयक समितिले मुल्यांकन गर्ने कार्यक्रम संयोजक पियाले जानकारी दिए ।