चितवन महोत्सव २०७५ को मूख्य आर्कषण : कृतिम चिडियाघर


प्रतिमा ढकाल / पुस २०/भरतपुर/ चितवन महोत्सव २०७५ मा यस पटक कृतिम चिडियाघर विशेष आकर्षणका रुपमा रहने तयारी गरिएको छ । विश्वमै लोपोन्मुख प्रजातीका जीवजन्तु, चरचुरुङ्गी , गोहीको कृतिम आकृति चिडियाघरमा राखिनेछन् । फनपार्क तथा चिडियाघर व्यवस्थापन समिति संयोजक बोधराज शर्माका अनुसार कृतिम चिडियाघरमा करिव २० प्रजातीका जीवजन्तु राखिनेछन् । जनवरको वास्तविक वासस्थानसंग मेल खाने गरी चिडियाघर तयार गरिने भएएकाले अवलोकनकर्तालाई वास्तविक चिडियाघरमै हुनुहुन्छ भन्ने विश्वस्त दिलाउने उनले दावी गरे । संयोजक शर्माका अनुसार कृतिम चिडियाघरमा अवलोकनकर्ताले जनावरको हुवहु स्वरुप , जनावरको आवाज, उनीहरुको हिँडाई, उनीहरुको आहारा प्रजाती समेत देख्न पाउनेछन् । चिडियाघरमा जनावरको वास्तविक वासस्थान, उनीहरुले खाने आहारा प्रजाती र उनीहरुको अवस्थाबारे जानकारी मुलक सुचनाहरु राखिनेछन् । नाचीरहेका मयुर, बच्चालाई काखमा च्यापेर उफ्ररिहेको कंगारु, बाँसको झ्यांगमा खेलीरहेका पाण्डालाई हेर्दै ती जनावरबारे जानकारी समेत लिन पाउनु बालबालिका तथा सबै वर्गका लागि ज्ञानवद्र्धक समेत हुने छ । अघिल्ला महोत्सवहरुमा सजिव जवानर नै ल्याएर चिडियाघरमा राख्ने गरीएको थियो । चौंरी, अष्ट्रिच जस्ता जनावर टाढाबाट ल्याएर महोत्सव अवधीभर प्रदर्शनमा राखिँदा हावापानी नमिलेका कारण ती जनावरको स्वास्थ्य विग्रने , आहारा समेत फरक पर्ने र खर्च बढ्ने समस्या हुँदै आएको थियो ।
यसपटक महोत्सवमा बाल उद्यानलाई परिस्कृत गर्दै कृतिम चिडियाघर र फनपार्क समावेश गरिंदैछ । राजधानी एमेजमेन्ट राइट्स नेपालले फनपार्कको जिम्मा पाएको छ ।फनपार्कलाई वातावरण र स्वास्थ्यमैत्री बनाउन मौतका कुवा र भूतघर जस्ता ध्वनी प्रदुषणका वस्तु हटाइएकाछन् ।
१२ औं चितवन महोत्सवको समुद्घाटन प्रधानमन्त्री के.पि शर्मा ओलील गर्नेछन् । पौष २५ देखि माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा महोत्सवमा यस पटक ५ सय ३० वटा स्टल रहने भएकाछन् । यस पटकको महोत्सवमा मेड इन नेपाल परिसर, अटो परिसर, सुचना तथा प्रविधि परिसरको छुट्टै आकर्षण रहनेछ । २०५३ सालदेखि दुई वर्षको अन्तरालमा महोत्सव आयोजना हुँदै आएको छ । यस पटक महोत्सव करिव ५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ । महोत्सवमा करिव २५ करोडको कारोबार हुने अनुमान गरिएको छ ।