चितवनको खैरहनीमा पौष २८ गतेदेखि खिचरा’ महोत्सव सुरु हुँदै

तयारी तीब्र ।

प्रनिश थापा , चितवन, १८ पौष । थारु समुदायको महान् पर्व माघी अर्थात छैठौं संस्करणको ‘खिचरा’ महोत्सवको तयारी तीव्र पारिएको छ । चितवनको खैरहनीमा आउँदो पौष २८ गतेदेखि माघ ७ गतेसम्म हुन गइरहेको महोत्सवमा थारु सँस्कृती झल्कने घरहरुका साथै खानाका परिकारहरु, बाल उद्यान, अन्य विभिन्न जातजातिका खानाका परिकारहरु समेत महोत्सवमा व्यवस्था गरिने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा बाल उद्यान, कृषि परिसर, अटो परिसरलगायतका स्टलहरु रहनेछन् । महोत्सवमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु समेत हुने बताइएको छ । यस्तै, साँस्कृतिक कार्यक्रमलाई पनि यसवर्ष विशेष जोड दिईएको छ । यसवर्ष चर्चित कलाकाहरुको विशेष प्रस्तुती रहने साँस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए । महोत्सव पुस २८ गतेदेखि पूर्वी चितवनको खैरहनी नगरपालिका–५, गौचरनमा हुन लागेको महोत्सव मुल आयोजक समितिका क्षेत्र नं.७ का अध्यक्ष चुडामणी चौधरीले बताए । थारु समुदायले माघ १ गते नयाँ वर्षको रुपमा खिचरा (माघी) पर्व मनाउँदै आएका छन् । यही वर्षमा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले खिचरा महोत्सव गर्दै आईरहेको छ ।   महोत्सवमा प्रत्येक वर्ष दर्शकहरुको घुइचो लाग्ने गरेको छ ।