सशस्त्रका आइजीसँग आठ र अनुसन्धानका प्रमुखसँग पाँच गाडी

श्रीमती र छोरीलाई पनि गाडी

 

काठमाडौँ – सशस्त्र प्रहरीका आइजी शैलेन्द्र खनालले राज्यकोषबाट किनेका ८ गाडी प्रयोग गर्दै आएका छन् ।

उनले बा।२ झ ११७४, बा।१ झ ६०९१, बा। झ ८२६६, बा। २ झ ३६८, बा। २ झ ११७१, बा। २ झ २३९१, बा। १ झ ६६१३ र बा। १ झ ९१४३ नम्बरको गाडी प्रयोग गर्छन् । यी सबै गाडीमा इन्धन, मर्मत, चालक खर्च सरकारले व्यहोर्दै आएको छ ।

त्यस्तै राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलीपराज रेग्मीले राज्यकोषबाट किनिएका पाँच गाडी प्रयोग गर्दै आएका छन् । बा। १ च ३२०९, बा। ५ च २२६४, बा। ८ च ७१९०, बा। १० च ३९२० र बा। ७ च १८४८ नम्बरका गाडी रेग्मीले भोगचलन गर्दै आएका छन् ।

यी मध्ये बा। १० च ३९२० नम्बरको उनकी छोरी र बा। ७ च १८४८ नम्बरको श्रीमतीले चढ्दै आएकी छिन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।