तेक्वान्दो खेलाडीलाई विदाई


आनन्द पोखरेल / चितवन, ११ पुष
भारतको नयाँ दिल्लीमा आयोजना हुने इन्डिया ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशीप २०१८ मा सहभागी हुन जाने चितवनका खेलाडीलाई बिदाई गरिएको छ ।
बुधबार बिहान भरतपुर ४ बाह्रघरेमा रहेको मुनलाइट इंगलिस बोर्डिङ स्कुलमा कार्यक्रम गरि १० जना खेलाडी सहित प्रशिक्षक तथा टिम लिडरलाई बिदाइ गरिएको हो । आगामी डिसेम्बर २९ र ३० गते नयाँ दिल्लीमा हुने प्रतियोगितामा सहभागी हुनका लागि चितवनका विभिन्न स्कुलमा कक्षा १० सम्म अध्ययन गर्ने दुई जना छात्रा तथा आठ जना छात्रका साथै टिम प्रशिक्षक कमला केसी र टिम लिडर अनुज श्रेष्ठलाई बिदाई गरिएको हो ।
अल इन्डिया तेक्वान्दो फेडेरेसनको आयोजनामा हुने च्याम्पियनशीपमा नेपालसहित भारत, बंगलादेश, थाइल्याण्ड, कोरियाका खेलाडीहरुबीच प्रतिस्पर्धा हुने राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए ।