मौंलिक हक नपाएमा सरकारबिरुद्ध मुध्धा हाल्नु : प्रचण्ड

सुर्य बराल, चितवन पौंष १० । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवंम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संबिधानमै शिक्षा,स्वास्थ्य र रोजगारीलाई मौलिक अधिकारका रुपमा उल्लेख गरिएकोले अव जनताले शिक्षा,स्वास्थ्य र रोजगारी नपाए अदालत जानुपर्ने धारणा राखेका छन् । नेकपाका नेता तथा गृहमन्त्रालयका राजनितीक सल्लाहाकार सुर्य सुवेदी पथिकका माता धनकुमारी सुवेदीको श्रद्धान्जली सभामा मंगलवार चितवनकोे फुलवारीमा आयोजित कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन् । अब जनताले मौलिक हक अन्र्तगतको शिक्षा,स्वास्थ्य र रोजगारी नपाए अदालत गई मुध्धा गर्न सकिन्छ दाहालले भने । जनताको मौलिक हक पुरा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको उनको भनाई थियो । संविधान बनाउँदा धैरै पटक बहसपछि धर्म निरपेक्ष राष्ट्र उल्लेख गरिएको स्मरण गर्दै दाहालले भने आधुनिक लोकतन्त्रको पहलकदमी शुरु हुँदा नै राज्य निरपेक्ष रहेको थियो । उनले नेपाली काँग्रेसका नेता विपी कोइराला र कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठले पनि जनताको आस्थाप्रति निरपेक्ष रहेको टिप्पणी गरेका थिए । जनताको धर्मप्रतिको आस्थालाई आफुहरुले सम्मान गर्ने पनि अध्यक्ष दाहालको भनाई थियो ।
सो अवसरमा नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले वृद्धवृद्धा र वालवालिकाको सुरक्षाको लागि राज्यले छुट्टै नीति वनाउनुपर्ने कुरामा जोड दिएका थिए । नेपाली काग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नेपाली काग्रेसभित्र पनि धर्मका वारेमा व्यापक वहस भएपनि संविधानमा उल्लेख भएको विषय भन्दा वाहिर राज्य जान नमिल्ने कुरा बताए ।
नेकपा चितवनका नेता इश्वरी भट्राईको अध्यक्षतामा भएको सो श्रद्धान्जली सभामा नेकपाका नेता सुर्यसुवेदी पथिकले आमाको निधनमा श्रद्धान्जली दिने र समवेदना प्रकट गर्ने सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।