वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम ।


डिलकुमारि नेपाल,चितवन, पुस१०। सिभिल बैक चितवन भरतपुर शाखाले आज भरतपुरमा आफ्नो ८औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा अल मार्सल आर्ट एकेडेमीका अध्यक्ष उतम गुरुङले रक्तदान जीवनदान हो भन्दै आफुले रक्तदान गरेर शुरुआत गर्नुभएको थियो । सबैलाई जनचेतना नभएकोले दिनुहुदैन भननेहरुलाई उहाँ निरोगि हुन पनि रगत दिनुपर्ने बताउनु हुनेछ ।कार्यक्रममा १३ जना महिला सहित ६५जनाले रक्तदान गरेका थिए । पहिलो पटक रक्तदान गदै रामचन्द्र पन्तले आफ्नो रगतको समुह समेत थाहा नभएको र आजबाट थाहा पाउन सकेकोमा खुशी व्यक्त गर्नुभयो । कार्यकममा सोहि शाखाका प्रमुख उपेन्द्र पौडयालले सबै भन्दा महान् काम नै रगतलाई दान दिनु हो उहांका भनाई छ ।आजको यस रगत दान उपेन्द्र पौडयालको अध्यक्षतामा सम्पन्न भएको थियो ।