५ महिने शिशुको कुकुरले पिसाव फेर्ने अंग नै खाईदिएपछि…


वसन्त ढुंगाना
चितवन/गाउँघरमा प्राय व्यस्त आमाहरु शिशुलाई एक्लै घरमा छाडेर काममा निस्कने गर्दछन् । शिशुलाई एक्लै घरमा छोडर हिड्दा गम्भिर दुघर्टना पनि हुन सक्छ । शिशुलाई आगनमा सुताएर काममा निस्कँदा मकवानपुरको राक्सिराङ गाउँपालिका ६ चापटोलकी सुजता चेपाङ्को परिवारलाई यति खेर ठुलै समस्या आईपरेको छ । बच्चालाई एक्लै छाड्दा उनको पाँच महिने छोराको लिड्ड गुमेको छ । आगनमा सुताएर आमा पानी लिन गएको बेला घरमै पालेको कुकुरले शिशुको लिड्ड खाईदिएको हो ।
‘श्रीमान बजार काममा जानुभएको थियो । घरमा खानेपानी थिएन । बच्चालाई आगनमा सुताएर पानी लिन गएकी थिएँ,’ चेपाङ्ले भनिन्, ‘आउँदा कुकुरले बच्चाको पिसाव फेर्ने खाईसकेको थियो ।’ चेपाङ्को पाँच बर्षिया छोरी पनि छन् ।
मंशिर २८ गते दिउँसो घरमै पालेको दुई महिनाको कुकुरले शिशुको लिड्डको आधा भाग खाईदिएको छ । चेपाङले पहिले देखि नै कुकुर पाल्दै आएकी थिईन् । ‘शिशुलाई अस्पताल ल्याईपु¥याउने समयमा पिसाब नलि समेत देखिएको थिएन् ।,’पुरानो मेडिकल कलेज भरतपुरका यूरोलोजिष्ट विभागका प्रमुख डाक्टर सुदिपराज केसीले भने, हामीकहाँ आगनमा सुताएको समयमा बच्चाको पिसाव नलि कुकुरले खाईदियो भनेर ल्याउनुभएको थियो । हामीले हेर्दा सिसाव नलिका माथिल्लो भाग थिएन् । बाँकी भाग छालाले मात्र छोपेको थियो ।’
लिड्डगमा धेरै भास्केरेडी हुने भएकाले धेरै रगत बग्ने गर्दछ । समयमा बच्चाको रगत रोकिएकाले उपचार गर्न केही सहज भएको डाक्टर केसीले बताए । सानो बच्चाको रगत कम हुन्छ । रगत बगे पनि मकवानपुरबाट तीन घण्टा हिडेर जानुपर्ने ठाउँबाट हिडेर आउनुभएको रहेछ । तर, यहाँ आउँदा रगत रोकिएछ, उनले भने, हामीले तुरुन्तै उपचार गर्यौँ ।’ तुरुन्त उपचार हुन पाएकाले बच्चाको ज्यान जोगिएको उनले बताए ।
भरतपुर अस्पतालले रिर्फर गरेपछि शिशुलाई पुरानो मेडिकल कलेजमा राखेर उपचार गरिएको छ । मेडिकल कलेजका चार जना चिकित्सकको टोलिले पिसाव नलिको सफल शल्यक्रिया गरेको हो । ‘हाम्रो चिकित्सकको टोलीले बच्चाका प्रजनन् र पिसाव नलिको अप्रेसन ग¥यौँ । अहिले बच्चाले पिसाव पनि गरेका छन् । प्रजनन नलिको शल्यकृया पनि राम्रै भएको छ,’ उनले भने, ‘अहिले बच्चालाई रेविज विरुद्धको सुई लगाएका छौँ । बच्चा स्वस्थ छन् ।’ अहिले सम्म यस्तो किसिमको उपचार नगरेको डाक्टर केसीले बताए । उनका अनुसार विश्वमा नै नौँलो घट्ना भएको हो ।
बच्चाको पिसाव नलिबाट पिसाब पनि भएको छ । तर पछि गएर प्रजनन् स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावना रहेको बताउँछन्, उपचारमा समलग्न डाक्टर भुषणराज तिम्लिसिना । बच्चाको प्रजननमा त समस्या नआउँला । अहिले अप्रेशन राम्रो भएको छ । तर बच्चालाई ठुलो भएपछि फेस हुन गाह्रो हुन सक्छ । हामीले बनाएको पिसावको नलि साँघुरो भएर पिसाव फेर्न अप्ठेरो हुन सक्छ । यौन सम्पर्कको समयमा पनि त्यति सन्तृष्ट नहुन सक्छ, डाक्टर तिम्लिसिनाले भने, बच्चाको मनोविज्ञानमा पनि असर पर्न सक्छ ।’ तर, अहिले नै डराउनुपर्ने अवस्था नरहेको उनले बताए ।
अभिभावकले आफ्ना बच्चालाई हेरचाहमा सावधानी नअपनाउने हो भने यस्ता दुर्घटनाहरु फेरी पनि दोहोरी सक्ने भन्दै बच्चालाई एक्लै नछोड्न उनले आग्रह गरे । जनावर पाल्दा पनि विशेष ख्याल गर्नुपर्ने धारणा उनको छ ।