नेकपा स्थायी समिति बैठक:नेताहरुले पार्टी एकलौटी बनाए !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र सरकार र पार्टी सञ्चालनको विषयलाई लिएर नेतृत्वको आलोचना भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्थायी समितिका सदस्यहरुले आलोचना गरेका हुन् ।

सरकारको नेतृत्व गरेको नौ महिना पुग्दा समेत नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीको नेताहरुले चर्को आलोचना गरेका छन् । पार्टी एकता भएको सात महिना बितिसक्दा समेत प्रदेश कमिटीबाहेक अन्य सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन नसक्नुकमा अध्यक्षद्वय ओली र प्रचण्ड मुख्य जिम्मेवार भएको आरोप नेताहरुले लगाएका हुन् ।

जारी स्थायी समितिको बैठकमा स्थायी समितिका नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम शुरु भएको छ । सोमबारको बैठकमा १० स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेका छन् ।

अध्यक्षद्वयले बैठकमा पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि बोल्ने अधिकांश नेताले नेतृत्व तानाशाही ढंगले अगाडि बढ्न खोजेको आरोप लगाएका छन् ।

बैठकमा नेता घनश्याम भुसालले पार्टी नेतृत्वको कार्यशैली र व्यवहार सच्चिनुपर्नेमा जोड दिँदै त्यसो हुन नसके पार्टीलाई ठूलो नोक्सान पुग्न सक्ने चेतावनी समेत दिनुभएको छ । भुसालको भनाइ उद्धृत गर्दै एक नेताले भने– ‘निर्वाचन अघि गरिएको प्रतिवद्धता कहाँ पुग्यो, सरकार गठन भएको नौ महिना पुगिसक्यो किन जनताको पक्षमा काम गर्न सकिएन रु पार्टी एकता भएको सात महिना वितिसक्दा समेत एकताले मूर्त रुप लिन किन सकेन रु’

बैठकमा नेता वामदेव गौतम आफैंले पूरक प्रस्तावका रुपमा बैठकमा पेस गरेको प्रतिवेदनको व्याख्या गर्दै प्रतिवेदनमा नेतृत्वको कडा आलोचना सहित पार्टीलाई गति दिन बुँदागत सुझाव दिनुभएको थियो छ ।

बैठकमा नेता हरिबोल गजुरेल र अग्निप्रसाद सापकोटाले पनि नेतृत्वले आत्मआलोचना गर्दै पार्टीलाई एकजुट भएर अघि बढाउन पहल गर्नुपर्ने पक्षमा आ–आफ्नो धारणा राख्नुभएको थियो । युवराज ज्ञवाली, मुकुन्द न्यौपाने, गणेश साह, वेदुराम भुसाल र अष्ठलक्ष्मी शाक्यले पनि सरकारको कार्यशैलीको कडा रुपमा आलोचना गरेको बैठकमा सहभागी ती नेताले जानकारी दिए ।
बैठकमा नेताहरुले पार्टी एकलौटी बनाएको, विधि र प्रक्रियाअनुसार पार्टी नचलेको नेतृत्वमा पनि सरकारको समेत नेतृत्व गरिरहेको नाताले ओलीप्रति आक्रोश व्यक्त गरिएको एक नेताले बताए ।

बैठकमा वन मन्त्रीसमेत रहेका नेता शक्ति बस्नेतले भने सरकारको बचाउन गर्दै आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकमा नेताहरुले सरकार सञ्चालन प्रभावकारी नभएको बताउँदै पार्टी र सरकारको साइनो के रु भन्ने प्रश्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीमाथि राखेका थिए । एक नेताले भने– ‘एसिया प्यासिफिक सम्मेलनमा जानीजानी पार्टीलाई किन फसाइयो, यसले पार्टीको छविमाथि नै प्रश्न उठाएको छ ।’

बैठकको प्रारम्भमा अध्यक्ष ओलीले प्रस्तुत राजनीतिक प्रतिवेदनको महत्वका बारेमा चर्चा गर्दै छलफलमा सहभागी हुन आग्रह गरेको बताउनुभयो । पार्टीका महासचिव विष्णु पौडेलले बैठकमा पेस भएको प्रतिवेदनका सम्बन्धमा विचार व्यक्त गर्न प्रत्येक नेताका लागि २० मिनेटको समय तय गरिएको बताउनुभयो । नेपाल समाचार पत्रबाट ।