वैद्यले भने, नेपालमा सच्चा कम्युनिस्ट पार्टी आवश्यक भएकाले विप्लवसँग छिट्टै एकता हुन्छ

तुलसीपुर – नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले नेपाल कम्युनिस्ट पार्टीका सहसचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग पार्टी एकताबारे छलफल भइरहेको जानकारी दिए ।

दाङको तुलसीपुरमा भएको साक्षत्कार कार्यक्रममा वैद्यले भने, ‘नेपालमा सच्चा कम्युनिस्ट पार्टी आवश्यक भएकाले यस अभियानमा छु । यसका लागि विप्लव, किराँती, मोहन विक्रमलगायत नेतृत्वको कम्युनिस्ट पार्टीसँग छलफल भइरहेको छ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।