लोथरवासीले बजारको फोहोर खोलाकिनारमै फाल्दै ।

 चितवन, २ पौष । राप्ती नगरपालिका लोथरवासीले बजारको फोहोर खोलाकिनारमै फाल्ने गरेका छन् । पश्चिम चितवनका विभिन्न सामुदायिक वन, टोल विकास संस्था, आमा समूह, नेपाली सेनालगायतका संघसंस्था मिलेर लोथरदेखि गोलाघाटसम्म सरसफाइ गर्ने अभियान चलिरहँदा पूर्वी चितवनको लोथरवासीले लोथर खोला किनारमा नै फोहोर व्यवस्थापन गरिरहेका छन् । लोथरवासीले विगत दुई वर्षदेखि लोथरखोला पुलको दक्षिणपट्टीको किनारमा फोहोर फाल्दै आएका छन् । ‘फोहोर व्यवस्थापनको लागि नगरपालिकालाई पटकपटक आग्रह गर्दा समेत अहिलेसम्म कुनै प्रयास नभएको
स्थानीयले बताए । स्थानीय सरकार आएदेखि अहिले सम्म टोल विकास संस्थाले फोहोर राख्नको लागि १५ वटा बाल्टी दिनेबाहेक अरू सहयोग पाएको छैन । लोथर बजारको दक्षिणतर्फ सार्वजनिक जग्गा भए पनि मध्यवर्ती सामुदायिक वन क्षेत्रले फोहोर राख्न नदिने हुँदा अर्को समस्या थपिएको स्थानीयको भनाइ छ ।