छमछमीको पोखरा अडिसनको तयारी पुरा

 

पोखरा, पुस  २  गते ।

नेपाल टेलिभिजनबाट प्रस्तुत हुँदै आएको नृत्यु प्रतियोगिताको चौथो संस्करण रियो छमछमी सिजन–४ पोखरा अडिसन को तयारी पुरा भएको छ  ।

मंगलवार देखि पोखराको एस.आर.केसी बैंक्युट, माटेपानीमा हुने अडिसनको लागि नेपाल टेलिभिजनको टोली पोखरा आईसकेको छ ।

तयारीकै क्रमा पोखराका बिभीन्न डान्स वार,बिभिन्न क्लवहरुमा पुगेर अन्तरक्रिया समेत गरेको छ । 

सो अडिसनका लागि नेपाल टेलिभिजनका पोखरा संवाददाता रमेश पौडेलले, हिमाली सांस्कृतिक परिवार, रेडियो बाराही र पोखराका विभिन्न डान्स सेन्टरहरुवाट गरी  करीव ३ सय बढीले फर्म लगेका रमेश पौडेल जानकारी दिनु भयो ।

अन्नरनिहित प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यबाट विगतदेखि संचालन हुँदैआएको छमछमी नृत्य प्रतियोगिताले नेपालको कला संस्कृति क्षेत्रमा टेवा पु¥याएको छ ।

नृत्य प्रतिभा भएका १४ वर्षमाथिका सबैलाई अडिसनमा सहभागी हुन आह्वान गरिएको छ । विजेताले २८ लाख बराबरको कार पुरस्कार पाउनेछ । दोस्रो र तेस्रोले ५ लाख र ३ लाख रुपैयाँ पाउनेछ । उत्कृष्ट १० मा पर्नेले जनही १ लाख पाउनेछन् । टेलिभिजनमा छमछमी शनिबार राति ८ः५० मा प्रसारण हुन्छ ।

टेलिभिजन एचडी क्वालिटीमा जाने भएकोले छमछमीसमेत एचडीमै छायांकन गरिएको वरिष्ठ क्यामेराम्यान पुरुषोत्तम घिमिरले बताए । पोखरा अडिसनमा उल्लेख्य सहभागिता हुने आयोजकको अपेक्षा छ ।