भरतपुर अस्पतालको ब्यवस्थापन समिति अध्यक्षमा भण्डारी नियुक्त ।


मंसिर २९ । भरतपुर अस्पतालको संचालन तथा ब्यवस्थापन समितिको अध्यक्षमा खिमलाल भण्डारी नियुक्ती भएका छन् । तीन नम्बर प्रदेशको मन्त्रीस्तरीय निर्णयबाट उनलाई शुक्रबार अध्यक्षमा नियुक्त गरिएको हो । सामाजिक विकास मन्त्रालयको बैठकले भण्डारीलाई चार बर्ष कार्यकालका लागि अध्यक्ष नियुक्त गरेको मन्त्रालयका प्रवक्ता सतिस विष्टले जानकारी दिए । भण्डारीसंँगै प्रदेशका ९ ओटा जिल्लामा रहेका अस्पतालमा अध्यक्ष नियुक्त गरिएको उनले बताए । भण्डारी नेकपा अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका बहिनी ज्वाईं हुन् । उनी यसअघि देवघाट क्षेत्र विकास समितीको अध्यक्ष बनेका थिए ।