मुलुकमा एकैपटक झन्डै २ सय कानुन संसोधन हुँदै

 

काठमाडौँ – हालसम्म मुलुकमा निर्माण भएका कुला ३ सय ९३ कानुनमध्ये आगामी तीन महिना अर्थात् फागुन ३ भित्र १ सय ७४ वटा कानुन एकैपटक संसोधन हुने भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

संविधानसँग बाझिएका सबैजसो कानुन संघीय संसद्को बैठक बसेको १ वर्षभित्र पारित गरिसक्नुपर्ने संवैधानिक वाध्यता भएकाले यति ठूलो संख्यामा एकैपटक संशोधन हुन लागको हुन् । एकैपटक यति धेरै संख्यामा कानुन संसोधन हुन लागको यो पहिलो घटना हो ।

मुलुक पहिलोपटक संघीय राज्य व्यवस्थामा गएको र समावेशी समानुपातिकलगाइतका विषयसमेत सबै कानुनलाई सम्वोधन गर्नुपर्ने भएकाले सरकारले कानुन संसोधनका लागि तयारी सुरु गरेको छ ।