ड्याफोडिल इन्टरस्कुल बास्केटबलमा आयोजक टोली विजयी

डिलकुमारि नेपाल
किाठमाडौँ : गत शुक्रबारदेखि काठमाडौँमा को नयापाटीमा सुरु भएको ड्याफोडिल इन्टरस्कुल बास्केटबल प्रतियोगिता(२०७५ मा आज भएको खेलमा नब ज्योती र आयोजक ड्याफोडिल विजयी भएका छन्।

ड्याफोडिल स्कुले आयोजना गरिएको प्रतियोगितामा आजको पहिलो खेलमा हिम्स स्कुललाई ४५ ( २१ को फराकिलो हराउदै आयोजक टिम फइनलमा प्रवेश गरेको छ।

यस्तै नब ज्योती स्कुलले काठमाडौँ साइपाल एकेडेमी लाई ३५(१२ ले हराउदै फाइनलमा सिट सुरक्षित गर्‍यो ।

इन्टरस्कुल वास्केटबल प्रतियोगिताको सेमिफाइनल यहि मंसिर २८ गते नयापाटिमा रहेको ड्याफोडिल स्कुलको खेल मैदानमा हुँदै छ।

इन्टरस्कुल बास्केटबल प्रतियोगितामा उपत्यकाका विभिन्न माध्यमिक तहका विद्यालयहरुले उत्साह जनक सहभागीता रहेको जानकारी स्कुल पिन्सिपल माया लामा ले जानकारि गराउनु भयो।