चितवनमा जबरर्जस्ती करणीका घटनामा वृद्धि ।

चितवन । चितवनमा पछिल्लो समय जबरर्जस्ती करणीका घटनामा वृद्धि हुँदै गएको छ । यस्तै, २०७३/७४ मा जबर्जस्ती करणीका २९ र जबरर्जस्ती करणी उद्योगमा २५ वटा मुद्दा दर्ता भएकोमा आर्थिक वर्षको ०७५/७६ को साउनयता साँढे चार महिनामा जबरर्जस्ती करणीका १६ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रहरी प्रवक्ता डिएसपी दुर्गाराज रेग्मीका अनुसार बितेको ‘साँढे चार महिनाको अवधीमा १६ वटा मुद्दा दर्ता भएका छन् । उक्त मुद्दामा सबैभन्दा बढी पीडित ५ बर्ष उमेरदेखीकै बालिका रहेका छन् । उनलेे भने, जवरजस्ती करणीको सिकारमा १० जना बालिका र ६० वर्षकी एक वृद्धा पनि रहेको प्रहरीले जनाएको छ । प्रबक्ता रेग्मीका अनुसार ‘गत वर्षको तुलनामा यसवर्ष साँढे चार महिनाको समयलाई मात्र हेर्न हो भने तथ्यांक बढेको छ । उनले भने गत वर्ष चितवनमा जबरर्जस्ती करणीका ५६ वटा मुद्दा दर्ता भएको थियो । जबरर्जस्ती करणी उद्योगमा २३ वटा मुद्दा दर्ता भएका थिए । तर, अहिलेको समयमा करणीको मुद्दा ह्वात्तै वृद्धि भएको प्रहरीकै तथ्यांकले देखाउँछ । प्रबक्ता रेग्मीका अनुसार पीडितको जाहेरीका आधारमा
घट्नामा संलग्न सबै अभियुक्तलाई पक्राउ गर्न सफल भएका छौँ । जबरर्जस्ती करणीका १६ घटनाका २१ अभियुक्तलाई पक्राउ गरेर कानुनी कारबाही अगाडि बढाइएको उनलेे बताए । यस्तै , चितवनमा घरेलु हिंसाका घटनाहरुमा पनि कमी भएका छैनन् । घरेलु हिंसाका ठाडो निवदेन साउनयता १०८ वटा परेकोमा ५० वटा फछ्र्यौट भइसकेको प्रहरीको भनाइ छ ।
गत, भाद्र १ गतेदेखि नेपाल सरकारले जारी गरेको नयाँ कानुनी संहिताअनुसार १८ वर्ष मुनीका युवतीसँग मञ्जुरीमै शारीरिक सम्बन्ध राखे पनि करणी गरेको ठहरिने छ । जबरर्जस्ती करणी गरेको पुष्टि भए महिलाको उमेर हेरेर आजीवन कारावाससम्मको सजाय तोकिएको छ । त्यस्तै, हाडनाता करणी गर्ने लाई जन्मकैदसम्मको सजाय तोकिएको छ । श्रीमती लाई जबर्जस्ती करणी गर्ने श्रीमान समेत ५ वर्ष जेल जानुपर्ने मुलुकी संहितामा उल्लेख छ ।