चितवनको सौराहामा पौष ११ गतेदेखि पन्ध्रौँ सस्करणको हात्ती महोत्सव हुने ।


चितवन। चितवनको पर्यटकीय नगरी सौराहामा हरेक बर्ष आयोजना हुँदै आएको चितवन हात्ती महोत्सव यस बर्ष पनि हुने भएको छ । पर्यटन व्यवसायीहरुको साझा संस्था क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा आउँदो पुस ११ गतेदेखि १५ गतेसम्म पन्ध्रौँ सस्करणको हात्ती महोत्सव हुन लागेको क्षेत्रीय होटल संघ सौराहाले जनाएको छ । संघका अध्यक्ष सुमन घिमिरेले यस बर्षको हात्ती महोत्सवमा जनावरमैंत्री हात्ती महोत्सव लाई थप रोचक भव्य रुपमा सम्पन्न गर्न र राष्ट्रिय तथा अन्र्तराष्टिय रुपमा समेत यस्को महत्वलाई थप उचाईमा पुराउन काठमाडौँ व्यवस्थापन समिती नै गठन गरेर तयारी सुरु गरेको जानकारी दिए । त्यस्तै, आगामी पुस ११ देखि १५ गतेसम्म ५ दिन र अंग्रेजी नयाँ बर्ष इस्पेसल संगीतिक नाइट विशेष आर्कषण हुने उनले बताए । विगतमा टिकटमा व्यवस्था गरिएकोमा यस पटकदेखि महोत्सवमा निस्शुल्क प्रवेशको व्यवस्था गरेको संघले जनाएको छ । प्रतियोगितामा हात्ती फाष्ट वाक, हात्तीका छावा बीचको रोमाञ्चकारी फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, गाडा दौडसहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूबाट साँस्कृतिक कार्यक्रम प्रस्तुतीले दर्शकलाई थप मनोरञ्जन दिनेछ । भने हात्तीहरुको वनभोजसगैँ यो बर्ष नयाँ प्याकेजका रुपमा हात्ती नुहाउने कार्यक्रम थप गरिएको संयोजक घिमिरेले बताए । त्यस्तै , चार चार वटा हात्ती राखी दुई बर्ष देखि थप गरिएको हात्ती पोलो प्रतियोगितालाई थप रोचक बनाउने संघ उपाध्यक्ष दिपक भट्टराईले जानकारी दिए । महोत्सव आयोजना गर्न ३० लाख रुपैयाँ बढी खर्च भएको संघका उपाध्यक्ष एवं आर्थिक समितिका संयोजक अञ्जन कुमार पाण्डेले बताए । प्रतियोगिता बाघमारा मध्यवर्ती वनको खुल्ला चौरमा हुनेछ ।