निर्मला पन्त हत्या प्रकरण : चितवनका पोलपोलमा निर्मलालाइ न्यायका निमित्त अंकित तस्बीर

 

 
 
चितवन , १६ मंसिर । कञ्चनपुरको उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग राख्दै बिद्युतका पोलपोलमा निर्मला पन्त अंकित तस्वीर राखिएका छन् । काठमाडौंबाट सुरु भएको यो अभियान तीन दिनपछि चितवनमा समेत देखिएको हो । चितवनको नारायणगढ बजार क्षेत्रका विद्युत् पोल, घरका पर्खाल र रूखहरुमा निर्मलाको तस्बिर सहितका पोस्टर 
टाँसिएका छन् । निर्मलाको फोटो सँगै छेउमा ‘सरकार भेटियो, तर न्याय भेटिएन् उल्लेख गरेको पोस्टर टासिंएको हो ।’ त्यस्तै, सोही पोस्टरमा ‘न्यायमा ढिलाइ हुनु पनि न्याय नदिए जस्तै हो,’ भनी अंग्रेजीमा लेखिएको छ । सरकारको सामाजिक सुरक्षा कार्यक्रम प्रचारकै शैलीमा काठमाडौंमा रातारात ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टरहरु टाँसिएका थिए । #Impunity दिइएको पोस्टर चितवनका स्वतन्त्र युवाहरुले स्वतःस्फूर्त रकम खर्चेर टाँसेका हुन् ।