विजोर प्रणालीको अवज्ञा गर्न आह्वान

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य गगन थापाले सरकारले बिहीबारदेखि चार दिनसम्म लागू गरेको जोर विजोर प्रणालीको अवज्ञा गर्न आह्वान गरेका छन् ।
 
बिहीबार नेता थापाले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डल मार्फत् सबैमा यस्तो आह्वान गरेका हुन् ।
 
उनले ट्वीटरमा भनेका छन् ‘सही कामको लागि सरकारले आव्हान गर्दा जोर-विजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ । तर धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ। सरकारको गलत कामको अवज्ञागर्नु नागरिकको कर्तव्य हो, अवज्ञा गरौं।’
 
एशिया फाण्डेसन नामक विवादित संस्थाले आयोजना गरेको कार्यक्रमका लागि सरकारले राजधानीबासीलाई सास्ती हुने गरी ४ दिन जोर विजोर प्रणालीको लागू गरेको छ । सो कार्यको चौतर्फी विरोध हुँदै आएको छ।