सिंहदरबार नै गाउँमा ! युवा विदेशिन भने छाडेनन्

हेटौंडा – यतिबेला मकावानपुरका अधिकांश युवा रोजगारीका लागि विदेशमा छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

गाउँमा कुनै किसिमको रोजगारीका अवसर सिर्जना नभएपछि युवा विदेशतिर लागेका हुन् ।

गाउँमा खान मानो छैन, खेतमा खडेरी लागेको छ, बाली लगाउन सिँचाइ सुविधा छैन । ‘सिंहदरबारको अधिकार गाउँमा आयो भन्छन्, हामीलाई थाहा छैन । परिवार पाल्न विदेशतिर रोजगारीका लागि जानुको विकल्प छैन’ –मकवानपुरगढी गाउँपालिका –२ का हरिकुमार हुमागाईले गुनासो गर्नुभयो ।