फेसबुकले मात्र लान्छ बर्षमा १३ अर्ब

कठमाडौं । फेसबुक, युट्युब, गुगल र इस्न्ट्राग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अबौं रुपैया आम्दानी गदै आएका छन् ।

विज्ञापन तथा व्यवस्थापन प्रवद्धनका नाममा सामाजिक सञ्जालको ठूूलो परिणाममा नाफा कमाइरहेपनि नियमितन हुँदा राज्यले करोडौं राजस्व गुमाइरहेको छ ।

सबैभन्दा ठूलो सामाजि सञ्जाल फेसबुक इनले आफ्ना उत्पादन फेसबुक, हवाट्एप, इन्सटाग्राम र म्यासेन्जरबाट सन् २०१७ मा एसिया प्यासिफिक क्षेत्रबाट प्रयोगकतर्ता ८ दशमलव ९२ डलर आम्दानी गरेको थियो ।

यस वर्ष ९ दशमलव ९१ डलर आम्दानी गर्ने अनुमान छ । एसिया प्यासेफिक क्षेत्रको औसत मान्दा एक करोड १० लाख नेपाली प्रयोगकर्ताबाट फेसबुकले यस वर्ष १२ अर्ब ७२ करोड रुपैया लगेको छ ।

यही हिसाबले यस वर्ष फेसबुकले ६० खर्ब ७० अर्ब रकम कमाई गरेको आजको नयाँ पत्रिकामा मुख्य समाचार रहेको छ ।