प्रहरी नियन्त्रणमा रहेका लामिछाने रिहा भए।


चितवन , ४ मंसिर । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता नारायण लामिछाने रिहा भएका छन् । सो पार्टीका नगर सदस्य लामिछानेलाई सादा पोशाकको प्रहरीको विशेष टोलीले नारायणगढको पुल्चचोकबाट पक्राउ गरेको थियोे । चन्दा आतंक र अप्रिय घट्ना घटाउन सक्ने भयलाइ मध्ययनजर गर्दै चितवन प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। हिजो सोमबार उनलाई वडा प्रहरी कार्यलय नारायणगढले पक्राउ गरेको हो। पक्राउ परेका लामिछानेलाई सामान्य सोधपुछ पछी आज छाडीएको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरिक्षक राम प्रसाद गौतमले जानकारी दिए ।