१३ औँ सौराहा फुड फेष्टिवल माग २८ गतेदेखि शुरु हुने

चितवन ०२ मंसिर । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन ९रेवान० सौराहाको आयोजनामा हुने १३ औँ सौराहा फुड फेष्टिवल आगामी माग २८ गतेदेखि फागुन ३ गतेसम्म हुने भएको छ ।
यसैविच, फेष्टिवलको सह संयोजकमा लीलाबहादुर अधिकारी ९कृष्ण० र कार्यसम्पादन समितिको सदस्यमा दुर्गाप्रसाद घिमिरेलाई मोनोनित गरिएको छ ।

रेवानको पूर्ण बैठकले अधिकारीलाई फेष्टिबलको सह संयोजक र लेखा समितिका संयोजक घिमिरेलाई कार्य सम्पादन समिति सदस्यमा मनोनित गरिएको हो ।

यस भन्दा अघि बसेको रेवानको बैठकले धु्रब गिरी संयोजक रहेको कार्यसम्पादन समिति र फेष्टिवल सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरेको थियो । चितवनको पर्यटन प्रर्बधनको लागि रेवान सौराहाले हरेक बर्ष फुड फेष्टिवल आयोजना गर्दै आएको रेवानका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।