धर्ना बसेका नौ जना विद्यार्थी पक्राउ

मंसीर २, काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवन रामपुरमा रहेको मुख्य कार्यालयमा धर्ना बसेका नौ जना विद्यार्थी शुक्रबार साँझ पक्राउ परेका छन् ।

सम्बन्धन दिएका निजी कलेजलमा समेत भर्ना प्रकृया सुरु गर्ने विश्वविद्यालयको निर्णय सार्वजनिक भए लगत्तै विद्यार्थी संगठन र प्राध्यापक संगठनहरुले आन्दोलन सुरु गरेका थिए । गत असारमा विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिएसँगै उनीहरुबाट विरोध हुँदै आएको छ । पछिल्लो पटक बुधबारदेखि विद्यार्थीहरुले धर्ना सुरु गरेका थिए । धर्नामा रहेका मध्ये पक्राउ पर्नेमा अनेरास्ववियुका नेता हेमराज कठायत, लगायत वामदेव रेग्मी, भाष्करसिंह ठकुरी, सन्तोष खतिवडा, केशवराज काफ्ले, अबित रेग्मी, झलक जोशी, दर्शन अधिकारी र समुन पाण्डे रहेका छन् ।

उनीहरुलाई प्रकरीले शुक्रबार साँझ साढे छ बजे आसपासमा पक्राउ गरेको थियो । विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपति र सेवा आयोगका अध्यक्ष रामनाथ ओझालाई कार्यकक्षबाट बाहिर निस्कन नदिएर घेराबन्दी गरेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक ९एसपी० सुशिलसिंह राठौरले बताउनुभयो । विद्यार्थी समातिए लगत्तै पदाधीकारीहरुलाई गाडीमा राखेर प्रहरी सुरक्षाका साथ कार्यालयबाट बाहिर निकालेको उहाँले बताउनुभयो ।

निजी कलेजका लागि पनि स्नातक तहको पहिलो वर्षको भर्ना खुला भएको विषयमा सत्तारुढ दल नेकपाका विद्यार्थी संगठन र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका विद्यार्थी संगठनले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् । उनीहरुको आन्दोलनलाई सत्तारुढ दल निकटकै प्रध्यापक संगठनहरुको समेत समर्थन रहेको छ । समातिनेमा पनि सत्तारुढ दल निकटकै विद्यार्थी संगठनका नेताहरु छन् ।

आन्दोलनरत अनेरास्ववियुका इकाइ सचिव सुसन पौडेल विद्यार्थीको धर्ना भएका कारण आफूहरुले विश्वविद्यालयका रजिष्ट्रार लगायतका पदाधीकारीहरुलाई क्याम्पसरको गाडीमा कार्यालयबाट नबाहिरिन आग्रह गरेको बताउँछन् । ‘उहाँहरु कार्यालयबाट हिँड्दै गएको भए केही आपत्ति थिएन । गाडी लौजान खोज्नु भयो, नलैजानुस भन्दा बन्धक बनाएको झुटा कुरा गरेर गिरफ्तार गराउनु भयो’ सचिव पौडेलले भने । विश्वविद्यालयको रामपुरका रहेको केन्द्रीय कार्यालयमा मंगलबार साँझ आगजनी पनि भएको थियो । त्यो बेलामा प्रहरीले १० जना विद्यार्थीलाई समाएको थियो । ती सबै अहिले रिहा भएका छन् । ‘विश्वविद्यालयका पदाधीकारीले नै समातिनेहरु निर्दोष हुन भन्ने कागज लिएर आएपछि हामीले त्यो बेला समातिएका सबैलाई छाड्यौं’ एसपी राठौरले भन्नुभयो ।

शुक्रबार समातिएका नौ जनालाई भने मुद्दा चलाउने तयारी रहेको उहाँले बताउनुभयो । के हो विश्वविद्यालयको विवाद स् असार २० गते विश्वविद्यालय कार्याकारणी परिषदले कृषिका सात र वन विषयको एक गरेर आठ वटा निजी कलेजहरुलाई सम्बन्धन दिएपछि प्रध्यापक र विद्यार्थी संगठन आन्दोलित थिए । आन्दोलन जारी रहेकै बेलामा मन्त्री परिषदले साउन १४ मा सम्बन्धन खारेज गर्ने निर्णय गरेको थियो । तर त्यसका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि मन्त्रिपरिषदको निर्णय तत्काल कार्यन्वयन गर्न नपर्ने अन्तरिम आदेश आएको छ । यही आदेशका आधारमा भर्ना प्रकृया सुरु गरेको कृषि तथा वन विश्वविद्यालयका अधिकारीहरुले बताएका छन् ।

निर्णय अनुसार वनको मंसिर २२ र कृषिको मंसिर २९ गते प्रवेश परीक्षा हुँदै छ । विश्वविद्यालयले कात्र्तिक २० गते स्नातक तहको भर्ना प्रकृया सुरु गर्ने निर्णय गरेको थियो । रिट उपर अन्तिम आदेश आउन बाँकी नै छ । पुस २६ गते यो रिटको पेशी तय भएको छ । पुस २६ यतै निजी कलेजमा भर्ना प्रकृया सुरु नगर्न आन्दोलनरत विद्यार्थी र प्रध्यापकहरुको माग रहँदै आएको छ । समाचार कान्तिपुरमा छ ।