धान काट्न भारतीय खेताला

काँकडभिट्टा — झापामा यतिबेला धान काट्ने चटारो छ ।

राजमार्ग दक्षिणका अधिकांश गाउँ र नगरपालिकामा धान काट्न भारतीय श्रमिक ओईरिएका छन् ।

विहारको कटिहार, किसनगन्ज तथा पश्चिम बंगालको ईस्लामपुर, माल्दालगायत स्थानका भारतीय श्रमिकहरु डेरा लिएरै बसेका छन् ।

मेचीनगर क्षेत्रमा मात्रै करिब सय जना भारतीय श्रमिक धान काटिरहेका छन् । भारत कटिहारका मोहम्मद खानले ठेक्कामा धान काट्ने गरेको बताए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।