आन्तरिक राजस्व कार्यालयले सातौं राष्ट्रिय कर दिवस मनाउदै ।

चितवन , २९ कार्तिक । आन्तरिक राजस्व कार्यालय भरतपुरले आउँदो मंसिर १ गतेदेखि ६ गतेसम्म सातौं राष्ट्रिय कर दिवस–२०७५ मनाउने भएको छ । कार्यालयले मंसिर १ गते प्रभातफेरी र सरसफाई कार्यक्रम, २ गते रेडियोमा अन्तर्क्रिया कार्यक्रम, पहिलो सेवाग्राहीलाई सम्मान र दर्ता र दर्ता खारेजीका विषयमा अन्तर निकाय छलफल तथा अन्तक्र्रिया, ३ गते उद्योग वाणिज्य संघ चितवनसँग आर्थिक ऐन–२०७५ ले दिएका सुविधाका सम्बन्धमा अन्तर्क्रीया कार्यक्रम गर्ने जनाएको हो । यस्तै मंसिर ४ गते उद्योग वाणिज्य संघ रत्ननगरसँग आर्थिक ऐन–२०७५ ले दिएका सुविधाका सम्बन्धमा
अन्तर्क्रिया, ५ र ६ गते उद्योग वाणिज्य संघ इच्छाकामना र उद्योग वाणिज्य संघ खैरहनीका करदाताहरुसँग अन्तर्क्रिया , ६ गते कर दिवस समापन समारोह र करदाता तथा कर्मचारी सम्मान कार्यक्रम गर्ने कार्यालयले जनाएको छ ।