निर्मला हत्या प्रकरण : धर्नामा विप्लवका नेताको ऐक्यबद्धता

 

 

कञ्चनपुर — छोरी निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न माग गर्दै निर्मला पन्तका बुबाले सुरु गरेका अनिश्चितकालीन धर्नामा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य डिडी पाण्डेले एक्यवद्धता जनाएका छन् ।

मंगलबा धर्ना स्थलमा पुगेर पाण्डेले ऐक्यवद्धता रहेको जनाएको हुन् । , आजको नयाँ पत्रिकामा यो खबर छ ।

पुरना कम्युनिष्ट नेता पाण्डेले लामो समयसम्म पनि निर्मलाका हत्यारा सार्वजनिक नहुनु दुःखद भएको बताए ।

आईतबारदेखि निर्मला पन्तका अभिभावकले प्रशासनको मुल गेटमा टेन्ट टाँगेर २४ घण्टे अनिश्चितकालीन धर्ना दिँदै आएको छ ।