सडकका बालबालिकाहरुसंग पुर्व युवाराज पारस शाह ।


चितवन , २७ कार्तिक । चितवन आएका पुर्व युवराज पारस शाहले यहाँको सडकमा बालकहरुलाई हौसला प्रदान गर्न झण्डै १० मिनेट फुटवल खेलेका छन् । प्रहरी र नागरिकको संयुक्त अभियान ९ पिटुसिटु० मा रहेका बालकलाई हौसला प्रदान गर्नको लागी भरतपुर महानगरपालिका ५ आनन्दपुरमा रहेको सो अभियानको छात्रावासमा पुगी पुर्व युवराज शाहले बालकहरुसंँगै फुटबल खेलेका हुन् । झन्डै तीन बर्ष अगाडि जिल्लालाई सडक बालबालिका मुक्त गर्न शुरु भएको अभियानले यहाँको ४० भन्दा वढी बालबालिकालाई सडकबाट उद्धार गरी आनन्दपुरमा संरक्षण गदैै आएको छ ।
नागरिक र प्रहरीले सहकार्य गरि सडक बालबालिकाहरुलाई संरक्षण दिएर उदाहरणीय कार्य गरेको भन्दै पुर्व युवराज शाहले सो संस्थामा आश्रित बालबालिकाहरुलाई हौसला प्रदान गर्न उपस्थित भएको पिटुसिटुका कोषाध्यक्ष निर्देश सेढाईले जानकारी दिनुभयो ।