पुर्व युवराज पारस शाह चितवनमा ।

चितवन , २७ कार्तिक । पूर्व युवराज पारस शाह मंगलबार बिहान चितवन आएका छन् । उनलाई चितवनका यूवा उद्यमी निर्देश सेढाई लगायतको यूवाहरुले भव्य स्वागत गरेका थिए । पछिल्लो समयमा पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रिया बढिरहदा पूर्वयूवराज पारस शाह चितवन आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनै पूर्वयुवराज शाहले केही बर्षअघि चितवनको सौराहामा सुजाता चौधरीका ज्वाँई भारत बस्ने रुबेल चौधरी माथी गोली चलाएका थिए । त्यसबेलाको रुबेल काण्डको चर्चा समेत हुन पुगेको थियो ।