चितवनमा प्रधानमन्त्री ओलीको पुत्ला दहन ।

 चितवन , २७ कार्तिक । आफ्ना कार्यकर्ता पक्राउ गरेको बिरोधमा आन्दोलित नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चितवनले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । नेविसंघले चितवनले नारायणगढ बजारमा र्‍र्यालीसहित प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो । पुत्ला दहन गर्दै नेविसंघ कार्यकर्ताले प्रधानमन्त्री र सरकारविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । नेविसंघ चितवनका अध्यक्ष सूर्य ढकालको नेतृत्व आएका विद्यार्थीहरुले र्‍र्यालीसहित नाराबाजी पछि पुत्ला दहन गरेका थिए प्रधानमन्त्री ओलीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा काभ्रे प्रहरीले केही दिन अगाडि नेबिसंघका कार्यकर्ता बर्ष १६ को कृष्ण ढकाललाई पक्राउ गरेको थियो ।