चोरीका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण ।


चितवन , २६ कार्तिक । रत्ननगर प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएको चोरीका मोटरसाइकलमध्य आज एक कार्यक्रमका बीच सम्बन्धि धनीलाई हस्तान्तरण गरेको छ । ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको प्रांगणमा राप्ती नगरपालिका ७ सिक्सग्रुपका सुक बहादुर थापा मगरलाई डिएसपी दयानिधी ज्ञवाली ९ डिएन ० ले हस्तान्तरण गरेका हुन् । थापा मगरको असोज १६ गते घरबाटै मोटरसाइकल चोरी भएको थियो । चेकिङका क्रममा टाँडी प्रहरीले उनको ना। ५१। प। ७२०९ नम्वरको मोटरसाईकल फेला पारेर सार्वजनिक गरेपछि मगर प्रहरी सम्पर्कमा आएका थिए । चोरी भएको मोटरसाईकल प्राप्त गरेपछि थापा मगरले रत्ननगर प्रहरीका युनिटलाई धन्यबाद दिदै खुशी व्यक्त समेत गरेका थिए । मोटरसाईकलको इन्जिन नम्वर, कागजपत्रका साथ मगर दावी गर्न आएपछि उनलाई हस्तान्तरण गरिएको हो । टाँडीका प्रहरी प्रमुख डिएसपी ज्ञवालीले भने, नियन्त्रणमा लिईएको मोटरसाईकलका लागि सम्वन्धीत व्यक्तीले इन्जिन नम्वर वा कागजपत्र र अन्य कुनै स्रोत खुल्न सक्ने प्रमाणका साथ दावी गर्न आए तत्कालै हस्तान्तरण गर्ने समेत उनले बताए । बरामद गरेको मोटरसाइकलको कुनै हकवाला नआए भन्सार कार्यालय पठाईने समेत उनको थप भनाइ थियो । पछिल्लो तीन महिनाको अवधिमा प्रहरीले यहाँको विभिन्न स्थानहरूबाट चेकिङ, सुराकीका आधारमा २६ वटा मोटरसाईकल नियन्त्रणमा लिएको थियो भने, गएको १५ दिनको अवधिमा थप दुई वटा चोरीका मोटरसाईकल पनि नियन्त्रणमा लिईएको डिएसपी ज्ञवालीले बताए ।