चितवनको खैरहनीबाट काठ तस्करीका फरार अभियुक्त पक्राउ

चितवन, कात्तिक १३(

अवैद्य काठ तस्करीका फरार अभियुक्तलाई चितवनको खैरहनीबाट पक्राउ गरिएको छ ।

गत वर्ष पिप्लेको सामुदायिक वनबाट ४३ थान ३७. १६ क्युफिट काठसहित ना२प ८५८२ नम्बरको ट्याक्टर पक्राउ गरिएको थियो । सोही ट्याक्टरका मालिक खैरहनी नगरपालिका–६ का ३४ वर्षीय श्याम थापामगर पक्राउ परेका हुन् । काठ तस्करीको घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला वन कार्यालय चितवनले जनाएको छ ।