मंसिर पहिलो हप्ता विप्लब नेतृत्वको नेकपाले काठमाडौंमा शक्ति प्रर्दशन गर्दै


काठमाडौं, १३ कात्तिक । बर्तमान राज्यब्यबस्था र संबिधान नमान्ने उदघोष गरेको बिद्रोही शक्ति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंसिरको पहिलो हप्ता काठमाडौंमा जनसभा मार्फत शक्ति प्रर्दशनको तयारी थालेको छ ।
आफुलाई संसदबादी पार्टीहरुको विकल्पको रुपमा प्रस्तुत गरेको सो पार्टीले आगामी मंसिर ८ गते खुलामञ्चमा जनसभा गर्न लागेको हो । सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति एक हौं, वैज्ञानिक समाजवादका लागि संघर्ष गरौं भन्ने उद्देश्यका साथ सभाको आयोजना गर्न लागिएको सो पार्टीले जनाएको छ ।
सभामा १ लाख भन्दा बढी जनतालाई सहभागी गराउने सो पार्टीका पोलिटब्यूरो सदस्य एवं पुर्बी कमाण्डका ईन्चार्ज अनिल शर्मा विरहीले जानकारी दिएका छन् ।
विरहीका अनुसार राष्टियता, जनतन्त्र र जनजीविकाको सवाल असाध्यै जटिल बन्दै गएकोले जनतालाई अपिल गर्नआफ्नो पार्टीले आमसभा गर्न लागेको बताए । बिरहीले भण्डाफोर अभियानकर्मीसँग कुरा गदैृ भने राष्टियता दिनप्रतिदिन धरापमा पर्दै गईरहेको छ तर बर्तमान सत्ताधारीहरु आफ्नो कुर्चि र स्वार्थमा मात्र केन्द्रित छन्, जनजिविकाको सवाल झन जर्जर र पेचिलो बन्दै गईरहेपनि सरकार युवाहरुलाई बिदेश पलाएन गराउने धन्दामा मात्र केन्द्रित रही उनिहरुको खुनपसिना चुस्नमा केन्द्रित रहेको आरोप लगाए । जनतन्त्र समेत खोसिदै गईरहेको भन्दै बिरहीले लोकतन्त्रको हवला दिनेहरुले लोकतन्त्रकै मजाक उडाएको बताए ।
आमसभाका लागि प्रचार–प्रसार कार्यक्रम अन्तर्गत पर्चा, पम्प्लेट वितरण, माइकिङलगायतका कामहरु भइरहेको भन्दै बिरहीले बार्ताबारे नेकपाको धारणा समेत खुल्लामञ्चबाटै सार्बजनिक हुने जानकारी दिए ।
नेकपाले सो सभामा मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीलाई आमन्त्रण गर्ने भएको छे । सभामा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, केन्द्रीय नेताहरु धर्मेन्द्र बास्तोला, सन्तोष बुढामगरलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको समेत नेता बिरहीले जानकारी दिए ।