चितवनका गल्ली गल्लीमा एसपी राठौर : सुरक्षाको मामिलामा नो कम्पर्माइज ।


चितवन , ८ कार्तिक । चितवनका एसपी सुशीलसिंह राठौर रातभर जाग्राम बस्छन् । झट्ट सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्ला तर, बास्तबिकता नै यहीँ हो । छोटो समयमै चितवनबासीको ढुकढुकीमा बस्न सफल भएका एसपी राठौरले संगठनले दिएको जिम्मेवारी मात्रै आफूले इमान्दारीपुर्वक पालना गरेको बताएका छन् । बुधबार राती एक बजे चितवनको भरतपुर महानगरपालिका २ क्षेत्रपुरस्थित भित्री सडकमा मोबाईल गाडीमा भेटिएका एसपी राठौरले संगठनले दिएको निर्देशनको पालना मात्रै मैले गरेको बताए । उनले भनेका छन् स्( आइजी साबबाट भएको निर्देशनको पालना र जिल्ला लाई भयरहित बनाउनुपर्छ भन्ने दायित्वलाइ समेत अक्षरंश पालना गरेको बताएका हुन् । चितवनमा प्रहरी निरीक्षक र प्रहरी प्रबक्ता बिहिन छन् । एक जना प्रहरी प्रबक्ता प्रभु प्रसाद ढकालको असोज मसान्तमा हेर्ड्क्वाटर काज भएको र अर्का डिएसपी शिव शर्मा आचार्यको अनिवार्य अवकाश भएकोले घर जानुभयो । यसैमा, प्रहरी मुख्यालयले समेत तीन जना प्रहरी निरीक्षकको क्रमशः नवलपुर जिल्लाको दुम्कीबास , गितानगर लगायतमा काज सरुवा भएपछि पर्याप्त मात्रामा प्रहरी निरीक्षक समेत नहुँदा र चार्डपर्व नजीकिएको साथै यो अवस्थामा हुन सक्ने अपराधीक गतिविधिलाई समेत मध्ययनजर गर्दै मैले रातभर जाग्राम बस्ने निर्णय गरेको हुँ । म चितवनको प्रहरी प्रमुख , मैले यहाँ केही गर्छु भनेर आएको हुँ । यस्तो अवस्थामा म बाट चितवनबासी ले धेरै अपेक्षा गरेका छन् । ड्युटीमा सिपाही , हवल्दार मात्रै खटाएर हरेक समस्याको समाधान हुँदैन । कार्यालय प्रमुखको समेत उत्तिकै जिम्मेवारी हुन्छ । मैले पनि ड्युटी गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गरेको छु । जनताले देखाएको मायालाइ मैले सम्मान गर्नुपर्छ । उनले थपेका छन् स् राती ड्युटीमा खटिनुको मज्जा नै छुट्टै हुँदो रहेछ ।

सूचना दिनुहोस् स् छापा मार्न टोली पठाउन्छु स् एसपी राठौर ।
चितवनका एसपी सुशीलसिंह राठौरले कुनै अपराधीक घट्ना हुन गएको पाइए तुरुन्तै नजीकको प्रहरीलाई सूचना दिएर सहयोग गर्न जिल्लाबासीलाई अपिल गरेका छन् । एसपी राठौरले चितवनबासीलाई भयरहित बाताबरणमा बाँच्न पाउने अधिकारलाई आत्मसात गर्दै जिल्लाबासीलाइ यस्तो अपिल गरेका हुन् । विशेषगरेर उनले नजीकिदै गरेको शुभ दीपावली र छठ पर्व अनि पुर्वीचितवनबासीको एकादेशी मेलालाइ पुर्णतः मध्ययनजर गर्दै यस्तो अवस्थामा हुन सक्ने जुवा जन्य , सट्टा बाजी , कौडा जन्य खेलहरु कहिँ कतै भएको पाइए तत्कालै नजीकको प्रहरी कार्यालय वा पुलिस कन्ट्रोलको १०० वा कार्यालय प्रमुखको मोबाईल ९८५५०१५५५५ मा सम्पर्क गरेर सूचना दिन उनले अपिल गरेका छन् ।

अपराधीक गतिविधिलाई निस्तेज पारेरै छाड्छु स् एसपी राठौर
चितवनका एसपी सुशीलसिंह राठौरले आफ्नु कार्यकाल अवधिभर गैर कानुनी गतिविधिलाई पुर्णतः निस्तेज पारेरै छाड्ने बताएका छन् । एसपी राठौरले जिल्लामा कुनै पनि घट्ना हुन नदिन आफै दिनरात शान्तिसुरक्षा नियन्त्रणमा लिन गस्तीमा हिंडेको बताएका छन् । उनले भनेका छन् स् चितवनको प्रहरी प्रमुख भइ सकेपछि यहाँको अपराधीक गतिविधिलाई नियन्त्रणमा पार्नु मेरो पहिलो दायित्व र कर्तव्य हो । त्यसैले, यसपटकको दसैंमा कुनै पनि अपराधीक गतिविधि घट्न पाएन , अब दीपावलीमा समेत कुनै घट्ना नघटोस भनेर मैले गृहकार्य गरेको छु । दसैंमा जस्तै दीपावलीमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गरेर कुनै पनि अपराधीक घट्ना हुन दिन्न । उनी भन्छन् स् यसैमा मैले केही मात्रामा प्रहरीकै गुनासो समेत आउने गरेको बताउदै उनले आन्तरिक रूपमा प्रहरीको समेत सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको बताउदै गैरब्याबसायीकसित नाजायज फाइदा नलिन समेत मातहतका प्रहरीलाई पटकपटक आग्रह गर्ने काम एसपी राठौरले गर्दैआएका छन् ।