एनआरएनएका मध्यपूर्व संयोजक आरके शर्मा कतार प्रहरीद्धारा पक्राउ

 


काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का मध्यपूर्व संयोजक राजेन्द्र कुमार (आरके)शर्मा कतारमा पक्राउ परेका छन् ।

सुन तस्करी गरेको हुनसक्ने भन्दै अनुसन्धानका लागि शर्मालाई चार दिन अघि कतारको प्रहरीले उनकै निवासबाट पक्राउ गरेको एनआरएनए स्रोतले जानकारी दिएको छ । सादा पोशाकका प्रहरीले शर्मालाई उनको निवास मुर्रा अल्फर्डन गार्डनबाट पक्राउ गरेको एनआरएनए स्रोतले जनाएको छ ।

पक्राउ परेका शर्मालाई कसैसँग पनि भेट्न नदिएपछि एनआरनएले उनको रिहाइका लागि पहल थालेको वताइएको छ ।