यि बदनाम घुमुवाप्रति डि.आ.जी.थापाको मोह किन ?

६ कार्तिक, २०७५
एक बदनाम घुमुवा प्रहरीको कारण यतिखेर तिन न. प्रदेश प्रहरी एकपछी अर्को रुपमा चर्चामा आईरहेको छ । जो हाकिम आएपनि रिझाउन सफल भएका तिनैं बदनाम घुमुवाको कारण विगतमा प्रहरी प्रमुख हँुदा चितवनमा आम सर्बसाधरणको नजरमा समेत राम्रो छवी बनाई असल एव कुशल संगठकको रुपमा नाम कमाएका डि. आई. जी. दिपक कुमार थापा समेत अहिले विवादित बन्दै जान थालेको आम विश्लेषण भईरहेको छ । ति बदनाम घुमुवाको कारण तिन न. प्रदेश प्रहरी संगठन नै बदनाम बन्न पुगेको हो ।
यसरी प्रहरी संगठन नै बदनाम गराई असुली धन्दाको आंतक नै सिर्जना गर्ने ब्यक्ति हुन् तिन न. प्रदेश प्रहरी अन्र्तगत रहेको (घुमुवा) टोलीका प्रमुख भनिएका प्रहरी साहायक निरिक्षक बुद्धि चौंधरी, जो प्रहरी जागिरको अधिंकाश समय घुमुवाको रुपमा रहि प्रहरी हाकिमहरुलाई रिझाउन सिभिल प्रहरीको रुपमा रहि रकम उठाउने उठन्ते धन्दामा क्रियाशिल रहेको स्वयं उनलाई नजिकबाट चिन्ने नेपाल प्रहरीकैं ईमान्दार प्रहरीहरुको गुनासो छ । चौधरी मात्र होईनन् प्रदेश प्रहरीको सो घुमुवा टोलीका अन्य सदस्यहरु समेत अबैंध असुली धन्दामा बदनाम भईसकेका ब्यक्ति रहेको प्रहरी निकट एक गोप्य श्रोतले भण्डाफोर अभियानलाई जानकारी दिएको छ । श्रोतका अनुसार मिथलेश चौधरी लगाएतका अरु बदनाम घुमुवाहरु समेत प्रदेश प्रहरीको घुमुवाको रुपमा रहेका छन् । जसको बारेमा भण्डाफोर अभियानले यस अघि नैं अबैध असुली धन्दामा सक्रिय भन्दै समाचार प्रकाशन गरेसँगैं उनीहरु चितवनबाट लखेटिएका थिए ।
उसो त् घुमुवा प्रमुख चौंधरी पनि अबैध असुली र प्रहरी संगठनमा गैरब्यवसायिक क्रियाकलाप गरेको भन्दैं तिन न. प्रदेश प्रहरीले यस अघि नैं काबार्ही गरिसकेका ब्यक्ति हुन् । उनलाई कार्बाही स्वरुप प्रहरीको काठमाण्डौं स्थित गणमा खटाईएको थियो । अबैध असुलीको आतंक नैं मच्चाएको भन्दै कार्बाही समेत भोगी सकेका तिनै बदनाम घुमुवा चौंधरीलाई प्रदेशकै घुमुवा प्रमुखको रुपमा खटाई अपारर्दशी कार्बाही र अबैध असुलीको धन्दा मच्चाउन छुट दिनुले कतै अबैध असुलीमा डि.आई.जी. थापा नैं सग्लन्न त् छैनन् भन्ने गम्भिर प्रश्न उब्जिएको छ । थापाका घुमुवाहरुले चितवन, मकवानपुर लगाएतका जिल्लाहरुमा विभिन्न कार्बाहीहरु सञ्चालन गरे पनि ति अपारर्दशी रहेको स्वंय प्रहरी श्रोतको दाबी छ ।
श्रोतका अनुसार गत् अषाढको अन्तिममा चौधरीको नेतृत्वमा चितवनको जगतपुरमा रहेको एक वर्कशपमा छापा मारियो, त्याँहाबाट करिब एक दर्जन मोटरसाईकल जफत गरियो तर त्यस कार्बाहीलाई सार्बजनिक नै गरिएन् । साना तिना कामको समेत जानकारी दिने प्रहरीले त्यतिका चोरीका मोटरसाईकिल समातेको विषयमा किन सार्बजनिक गर्न आवश्यक ठानेन् । अझ अनौठो कुरा त् के छ भने जहाँबाट चौधरीले छापामारी मोटरसाईकिल बरामद गरे चितवन आउनेवित्तिकैं चौधरीको बास त्यहि वर्कशपमा हुने गरेको प्रहरी निकट श्रोत नैं बताँउछ । चौधरीले समातेका ति मोटरसाईकलहरु केही समय गोन्दा्रङ्गबाट बिसहजारी ताल जाने बाटोको एक घरमा लुकाईराखेपनि पछि कुरामिलेपछी उनैलाई फर्काईएको हुनसक्ने श्रोतले आंशका गरेको छ । गत् महिना मात्र चितवनमा समातिएको कपडा काण्डको बारेमा यस अघि नैं सञ्चार माध्यममा समाचार आईसकेको छ । श्रोतका अनुसार त्यो काण्डमा समेत चौंधरी कैं सम्लग्नता देखिन्छ ।
विंगञ्जमा कार्यालय रहेको सो ट्रान्र्पोटसँग चौधरीले रकम मागेको तर माग अनुसारको रकम नदिएको कारण चौधरीकै नेतृत्वमा ट्रक समातिएको बारे पनि त्यतिबेलै सञ्चारमाध्यममा कुरा आएको थियो । यि त भए केही प्रतिनिधीमुलक घटना । प्रहरी हाकीमहरुले भन्न सक्छन, त्यो सामान त् दुईनम्बरी नैं हो । अण्डरविलीङ्ग र भन्सार छलीका सामान चितवनमा मात्र दैनिक करिब आदा दर्जन भन्दा बढी आउने र त्यसको २० गुनाभन्दा बढी यहि बाटो भएर राजधानी लगाएतका बजारसम्म विभिन्न ट्रान्सर्पोटका कन्टेनर तथा ट्रकमा जाने गरेको भएपनि प्रहरीले किन तिनीहरुलाई समातेर कार्बाही गर्न सक्दैन ? सुचनाको अभावमा या सेटिङ्गमा ?
यस्तै, चितवनका लम्बु लगाएतका बाख्रीको मासु बेच्नेहरु, दुईनम्बरी कपडाको ब्यापार गर्नेहरु, दुईनम्बरी हार्डवेयरको सामान सप्लाई गर्नेहरु, ईण्डीयाबाट माछा सप्लाई गर्नेसँग, पुर्बिचितवनका केही जुवातास खाल र बेश्याबृतीको अखडाबाट, गोरु तस्करहरुबाट, चितवनमा रहेका पशुपति लगाएतका ट्रान्सर्पोटहरु लगाएतबाट समेत चौधरी र उनका घुमुवा टोलीका सदस्यहरुले अबैध असुली गरिहेको स्वंय प्रहरी निकट श्रोतले जानकारी दियो । चितवनका एक प्रहरीले आफ्नो नाम नबताउने शर्तमा भण्डाफोरलाई भने ‘सबैकुरा देखेर पनि हामी केही गर्न सक्दैनौं, प्रदेशमा उल्टो कुरा लगाई कार्बाही नै गराईदिन्छन । उनले अगाडी थपे तस्करी गरेको माल हो भन्ने जान्दा जान्दै पनि त्यसै छाड्नुपर्छ, समाउन खोज्यो भने आफैलाई अफ्ठेरो पारीदिन्छन् ।’
ति प्रहरीले भने जस्तै प्रदेश प्रहरी घुमुवाहरुको चितवनमा अबैध कारोबारीहरुसँग सेटिङ्गमा काम भईरहेको खुल्नमा आएको छ । चितवनका एस्पीको ईमान्दारीताको फाईदा प्रदेश प्रहरीको उठन्ते टोलीले लिईरहेको स्वयं जिल्लाका ईमान्दार प्रहरीहरुको बुझाई छ । एक पटक कार्बाही परिसकेका बदनाम ब्यक्तिहरुलाई किन फेरी घुमुवाको रुपमा ल्याईयो त् ? कतै हाकिमलाई मोटो रकम उठाई बुझाउने शर्तमा चौधरी र उनका बदनाम टोलीलाई पुनंः फेरी घुमुवामा ल्याई अबैध असुलीको आंतक त् मच्चार्यएको हैन ? आम आशंका बढदै गईरहेको छ ।
ति बदनाम घुमुवाहरुको तस्करहरुसँगको उठबस र हिमचिमलाई कदाचित उचित मान्न सकिदैन् । यस बिषयमा गृह प्रशासन समेत सचेत हुन जरुरी छ । एकदुईजनाको कारण सिङ्गो संगठन बदनामी बन्न दिन हुदैन् । अन्यथा एक दुईजनाको कारण प्रहरीको छवी नै तस्कर सँग साँठगाँठ गर्ने र अबैध असुलीमा लाग्ने राज्यको बैधानिक निकाय जस्तो हुन जान्छ, यस तर्फ स्वंय प्रहरी प्रमुख नै सजग बन्नुपर्ने देखिन्छ ।
यसर्थ प्रदेश प्रहरीको नाममा भईरहेका कार्बाहीहरु पारर्दशी बनाउन स्वंय डि.आई.जि. थापा र प्रहरी प्रधान कार्यालय लागीपर्नुपर्दछ । यसरी केही बदनाम घुमुवाहरुको कारण प्रदेश प्रहरी र सिगंो प्रहरी संगठनलाई बदनाम बन्न दिन हुदैंन् उनिहरुको कार्यशैली र नियत थाहा नपाएर हो या थाहा पाई पाई माथीबाट संरक्षण गरिएको हो त्यो त् केही दिनमै खुल्ने छ ।
थापा अन्जान हुन या जानाजान चौधरी जस्ता बदनाम घुमुवाहरुलाई काखी च्यापीरहेका छन्, त्यो त् केही दिनमै देख्न पाईएला नै । आखिर यि बदनाम घुमुवा प्रति डि. आई. जी. थापाको मोह किन ? यतिबेला प्रदेशभर र मुख्यतः चितवनमा यो प्रश्नको उत्तरको खोजी भईरहेको छ । यस बारेमा हामी थप खोजी गर्दै जाने नैं छौं ।