नारायणी नदीमा दुई बर्षिया नाबालकको शव फेला

चितवन ,२३ असोज । चितवनको नारायणी नदीमा मंगलबार बिहान दुई वर्षीय नाबालकको शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ नारायणगढको नदी किनारस्थित उद्योग वाणिज्य संघ चितवनको पछाडि बुद्धको मुर्ति नजिकै अन्दाजी ६ बजेको समयमा नाबालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मंगलबार बिहान चार–पाँच बजेको समयमा बालकलाई ज्युँदै खोलामा बगाइएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृतक बालकलाइ नदीमा घोप्टो परिहेको अवस्थामा
स्थानीय माझीले नदीमा शव फेला पारी किनारमा निकालेर प्रहरीलाई खबर गरेका थिए । मृतक बालकको शवलाई अहिले पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।