कस्तो अचम्म ! गुनासो लिएर पुग्ने सेवाग्राहीलाई हप्काउने यो कस्तो इन्जिनियर साहेब ?

चितवन , २३ असोज । नागरिकको करबाट तलब खाइ सेवा गर्न बस्ने कर्मचारीले तीनै नागरिकको समस्या समाधान गर्नमा कुनै चासो नै नदिने गरेको सामान्य नहुन सक्छ । तर, समस्या समाधान गर्ने अड्डि जमाएर बस्ने कर्मचारीले सेवाग्राहीलाई उल्टै झपारेर पठाउने गर्छ भन्दा तपाईं जोकोहीलाई पनि अचम्म लाग्न सक्छ होला ? तर, यथार्थ नै यहीँ छ । कामको सिलसिलामा भरतपुरस्थित नेपाल बिद्युत प्राधिकरणको कार्यालयमा सेवाग्राही त पुग्छन् तर, खुशीका साथ फर्किनु पर्ने सेवाग्राही निराश भइ फर्किने गरेका छन् । सेवा लिन पुग्ने सेवाग्राहीलाई विभिन्न बाहानामा कहिले ‘यता’ त कहिले ‘उता’, कहिले को ‘भएको’ कहिले को ‘नभएको’ भन्दै सेवाग्राहीलाई अनेक दु:ख समेत दिने गरेका छन् । कार्यालयमा कुन कर्मचारीले के काम गर्ने हो भन्ने पनि अनबिज्ञ भएको र सोध्न जाँदा समेत कर्मचारीले झस्कर्दै जवाफ दिने गरेको सेवाग्राहीहरु गुनासो गर्छन् । एउटा समस्या लिएर त्यहाँ पुग्दा दु:ख मात्रै दिने गरेको सेवाग्राहीको गुनासो छ । मंगलबार हामी त्यहाँ पुग्दा कार्यालयमा कार्यालय प्रमुख पनि नभएको र प्रशासनबाट निमित्त भन्दै ४ नम्बर कोठामा पठाउने गरेको र त्यहाँ पुग्दा ४ नम्वर कोठाका ईन्जिनियर प्रितमराज बिष्टले सहि जवाफ पनि नदिने गरेको समेत हामीले पाएका थियौं । यस बिषयमा बिस्तृत रूपमा बुझ्न खोज्दा कार्यालय प्रमुख सुरेन्द्र महत्तोले फोन उठाएन भने, इन्जिनियर बिष्टको कोठामा पुग्दा सेवाग्राही र कर्मचारी भनाभन भइरहेको थियो ।