बेपत्ता बालक अझै भेटिएन ।

 

चितवन , २२ असोज । चितवनको नारायणी नदीमा पौडी खेल्न भन्दै घरबाट निस्किएका यहाँको एक बालक चार दिन देखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भरतपुर महानगरपालिका २ क्षेत्रपुर बस्ने बर्ष १० को राजन भट्टराई रहेका छन् । भट्टराई भानु माविमा कक्षा ४ मा अध्ययनरत थिए । उनी शुक्रबारदेखि बेपत्ता भएको प्रहरीले बताएको छ । बालक हराएको थाहा भएपछि शुक्रबार पारिवारिक र जानसक्ने स्थानहरूमा सोधखोज गर्दा समेत फेला नपरेपछि परिवारले शनिवार मात्रै प्रहरीलाई खबर गरिएको थियो । खोजीमा जुटेका प्रहरीको टोलीले बालकको ब्याग र सर्ट नदी किनारमा फेला पारेको बताएको छ । बेपत्ता बालकको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।