आमाले बेवास्ता गरेपछि छोरी घर छाड्न बाध्य

 


चितवन , २१ असोज । आफूलाइ जन्म दिने आमाले नै आफ्नै छोरीलाई बेवास्ता गर्छिन् भने ती आमा कस्ती होलिन्, अनि ९(९ महिनासम्म गर्भमा राखेर हुर्काउने आमाको माया कुन चाहिँ छोरा छोरीलाई हुँदैन होला रु आमाबाबुको माया पाउने उमेरमा चितवनकी एक नाबालिक तीन महिनादेखि आफ्नै घर छाड्न बाध्य भएकी छिन् । आफ्नै घर छाडेर तीन महिनादेखि छिमेकीको शरणमा आश्रय लिन बाध्य भएकी उनी हुन् रत्ननगर नगरपालिका ११, विश्वासटोलकी १२ वर्षीया शोभा नेपाली । उनको घरमा उनी सहित चार दाजु छन् । सोही ठाउँमा रहेको टिकौली मंगलपुरस्थित पञ्चतेज ज्योति आधारभूत विद्यालयमा अध्ययनरर्त शोभा अहिले कक्षा ५ मा पुगेकी छिन् । उनलाई सबै भन्दा बढी माया र हेरचाह उनका बाबूले गर्ने गरेको उनी सुनाउँछिन् । बिरामी हुँदा औषधि खुवाउनुहुन्थ्यो र हर ( हमेशा हेरचाह गर्नुहुन्थ्यो । तर, अहिले बुबा हुनुहुन्न, आमाले हेला गर्नु हुन्छ । पहिल्यै बुबा हुनुहुन्थ्यो र पो माया पनि हुन्थ्यो , तर अहिले ठिक उल्टो भएको छ । उनी भन्छिन् स् झन्डै डेढ वर्ष अघि उनलाई माया गर्ने बाबू गोरेबहादुर नेपालीको क्यान्सर रोग लागेर बितेपछि उनकी आमा मिश्रीमायाले उनलाई देख्नै सहिनँन् । दिनभर ज्याला मजदुरी गरेर पैसा कमाउने र कमाएको उक्त पैसाले खाली रक्सी मात्रै खाएर दिनहुँ कुट्ने र अपमानजनक तरिकाले दुब्यबहार गर्ने गरेपछि म घर छोडेर हिंड्न बाध्य भएँ । उनका अनुसार उनका बाबु गोेरेबहादुरले उनलाई निकै माया गर्थे । तर, अवस्था बिस्तारै त्यस्तो रहेन । र, अवस्था बदलिँयो । टुहुरो जस्तै भुमिका निर्वाह गर्न बाध्य भएकी शोभा झन्डै तीन महिनादेखि स्थानीय तुलीमाया गुरूङको घरमा आश्रय लिइरहेकी छिन् । उनी भन्छिन्, ‘सकेको काम सघाउँछु । भात पकाउँछु, सरसफाइ गर्छु । यता, उनका प्रधानाध्यापक रामबहादुर मगरले पनि शोभालाई घर फर्काउने प्रयास असफल भएको बताउँछन् । मगरका अनुसार ‘हामीले घर जानुपर्छ भन्ने हो । तर, सधैँ आमाले रक्सी खाएर कुटपिट गरेपछि डरत्रासका कारण बालिका नै फर्किन चाहेकी छैनन् । पारिवारिक वातावरण नै अशान्त भएपछि करकाप गर्न पनि सकिएन नि ।’
शोभाको परिवारको आर्थिक अवस्था निक्कै नाजुक छ । दस धुर ऐलानी जग्गा रहेको यो परिवारमा घर भन्नु एउटा छाप्रो छ । तीन छोराहरुले बिहे गरेर आआफ्नो सुरले जीविका चलाएका छन् । आमा मिश्रीमायालाई सम्झाइदिने, बुझाइदिने मानिस छैनन् । चेतना अभाव र रक्सीको कुलतका कारण उनले अबोध बालिकालाई घरमै बस्न नसक्ने अवस्था सिर्जना गरिन् । प्रअ मगर भन्छन्, ‘बालिकाको पढाइ राम्रो छ । अनुशासित छिन् । आमाले नै मायाममता दिनुपर्ने समयमा घर छोड्न बाध्य हुनु चिन्ताको विषय हो । हाम्रो विद्यालयमा होस्टल छैन । चाहेर पनि हामीले केही गर्न सकेनौँ । बालिकाको भविष्यका लागि रत्ननगर नगरपालिका र बालअधिकारसँग सरोकारवाला संस्थाले उद्धार गर्नुपर्छ ।’