प्रेस युनियन चितवनको अधिबेशन असोज २६ र २७ मा हुने

चितवन, असोज २१–

नेपाल प्रेस युनियन चितवन शाखाको जिल्ला अधिबेशन यहि असोज २६ र २७ गते हुने भएको छ । शाखाको शनिबार बसेको बैठकले शाखाको आठौं अधिबेशन २६ र २७ गते दुई दिन गर्ने निर्णय गरेको हो ।

नेपालकै पहिलो र एक मात्र नेपाल प्रेस युनियन चितवन शाखाको भवन २६ गते नेपाली काँग्रेसका सभापति एवंम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले समुद्घाटन गर्ने कार्यक्रम रहेको सचिव अनिल ढकालले जानकारी दिए । सो भवन उद्घाटनसंगै अधिबेशन र चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार समेत वितरण गरिने छ ।

प्रेस युनियन चितवन शाखामा करिब २ सय सदस्यहरु रहेका छन् । नेपाल युनियन चितवन शाखाले निर्माण गरेको भवन नेपाल पत्रकार महासंघ बाहेक अन्य संघ संगठनहरुको पहिलो भवन रहेको छ । सो भवन नेपाल प्रेस युनियत चितवन शाखा तथा मैयादेवी सूचना केन्द्रको रुपमा रहने ढकालले जानकारी दिए ।